एजेन्सी, २ असार । पिएसजीले स्ट्राइकर नेइमारलाई बेच्ने भएको छ । क्लबले नेइमारको मूल्य तोक्ने तयारी गरेको समाचार माध्यमले जनाएका छन् ।
नेइमारका लागि ठूलो रकमको अफर आएमा उनलाई बेच्ने तयारी गरेको गोल डट कमले जनाएको छ । यसअघि किलियन एम्बाप्पेले समेत पिएसजी छोड्न लागेको समाचार बाहिर आएको हो । केही समय अगाडि किलियन एमबाप्पेले आफूलाई क्लबमा थप जिम्मेवारी दिनुपर्ने बताएका थिए ।
त्यस्तै पिएसजीका मालिक नासिर अल खिलाइफीले क्लबको नियमभित्र रहन नसके जोकोहीले क्लब छोड्न सक्ने बताएका छन् । क्लबमा केही परिवर्तन आएका कारण नासिरले यस्तो कडा अभिव्यक्ति दिएको बताइएको छ । स्पोर्टिङ प्रमुखमा लियोनार्दो नियुक्त भएसँगै यस्तो अभिव्यक्ति दिएका हुन् ।
The post पिएसजीले नेइमारलाई बेच्दै appeared first on Sajha Post.