एजेन्सी । ब्राजिलियन क्लब सान्टोसका स्टार खेलाडी रोड्रीगो गोजलाई स्पेनिस क्लब रियल मड्रिडले अनुबन्ध गरेको छ ।
उनी रियलमा आउने हल्ला लामो समयदेखि चल्दै आइरहेको थियो । अन्ततः फरवार्डहरुको खडेरी परेको रियले उनलाई अनुबन्ध गरेको हो । १८ वर्षीय फरवार्ड रोड्रीगोलाई रियलले ६ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो ।
मंगलबार उनी र क्लबबीच सम्झौता भएको हा ।
उनलाई कति मुल्य तिरेर अनुबन्ध गरिएको त्यो बारे भने खुलाइएको छैन ।
The post रोड्रीगो गोज स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्ध appeared first on Sajha Post.