Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

जापानविरुद्ध चिलीले हान्यो चार गोल

$
0
0

एजेन्सी । आज बिहान भएको कोपा अमेरिका कपमा चिलीले जापानलाई ४-० गोलले पराजित गरेको छ ।

अतिथी टिम जापानविरुद्ध इदवार्दो भार्गसले दुई गोल गरे भने इरिक र एलेक्सिस सान्चेजले एकएक गोल गरे । समुह सी को यस खेलमा बलियो टोली मानिएको चिलीले प्रभावशाली जित हात पार्न सफल भएको हो ।

खेलको ४१ औँ मिनेटमा इरिकले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए ।

खेलको ५४ औ मिनेटमा भार्गसले गोल गरे । खेलको ८२ औ मिनेटमा सान्चेजले गोल गरे भने ८३ औँ मिनेटमा भार्गसले चौथो गोल गरे । यो जितसँगै चिलीले महत्वपुर्ण तीन अंक जोड्न सफल भएको छ ।

The post जापानविरुद्ध चिलीले हान्यो चार गोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles