काठमाडौं, ४ असार । एक दिवसीय क्रिकेटअन्तर्गत आज दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच तय भएको खेल अझै सुरु हुन सकेको छैन् । खेल सुरु हुनेबित्तिकै दक्षिण अफ्रिकाले ब्याटिङ गर्नेछ ।
दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको खेल बर्मिङघममा नेपाली समयअनुसार ३: १५ बजे सुरु हुने भनिएको थियो । तर वर्षाका कारण मैदान चिसो भएकाले खेल सुरु हुन नसकेको हो ।
टस हारेको दक्षिण अफ्रिका केही बेरमा ब्याटिङमा उत्रने छ । आजको खेलमा दक्षिण अफ्रिका जित्नै पर्ने दबाबमा छ । यसअघि खेलेका ५ वटा खेलमा १ मा जीत र १ मा अंक बाँडेको दक्षिण अफ्रिका अंक तालिकामा ३ अंकसहित आठौं स्थानमा छ ।
यता ४ खेलमा ३ मा जीत र १ खेलमा बराबरी अंक बाँडेको न्युजिल्याण्ड ७ अंकसहित तेस्रो स्थानमा छ । आज दक्षिण अफ्रिकालाई पराजित गरे न्युजिल्यान्ड शीर्षस्थानमा उक्लिदै सेमिफाइनल खेल्ने यात्रा बलियो बनाउने छ ।
The post दक्षिण अफ्रिकाले टस हार्यो, न्युजिल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने appeared first on Sajha Post.