काठमाडौं, ४ असार । एक दिवसीय क्रिकेट वर्ल्डकपअन्तर्गत अहिले भइरहेको खेलमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डसामु २४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बर्मिङघममा टस हारेर ब्याटिङमा उत्रेको दक्षिण अफ्रिकाले निर्धारित ४९ ओभरमा ६ विकेट गुमाउँदै २४१ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि रस्सी भ्यानडेर डुसन र हशिम अम्लाले सर्वाधिक रन बनाएका थिए । डुसनले ६४ बलमा ३ छक्का र २ चौकासहित ६७ रन बनाउँदै अविजित रहे भने अम्लाले ८३ बलमा ४ चौकासहित ५५ रन जोड्दै आउट भए ।
त्यस्तै एडन मक्रामले ५५ बलमा ४ चौकासहित ३८ रन, डेभिड मिलरले ३७ बलमा १ छक्का र २ चौकासहित ३६ रन, फफ डु प्लेसिसले ३५ बलमा ४ चौकासहित २३ रन बनाए आउट भए । क्विन्टन डि ककले ८ बलमा १ चौकासहित ५ रन बनाए भने क्रिस मोरिसले ७ बलमा १ चौकासहित ६ रन बनाउँदै अविजित रहे । तर एन्डिल फेलुक्वाओ कुनै रन नबनाइ आउट भएका थिए ।
न्युजिल्याण्डका लागि लक्की फर्गुसनले सर्वाधिक ३ विकेट लिएका थिए । त्यस्तै ट्रेन्ट बुल्ट, कोलिन डे ग्रयान्डम र मिचेल स्यान्टनरले समान १/१ विकेट लिएका थिए ।
The post दक्षिण अफ्रिकाले दियो न्युजिल्याण्डलाई २४२ रनको मध्यम लक्ष्य appeared first on Sajha Post.