Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

शिखर धवन विश्वकपबाट बाहिरिए, ऋषभ पन्तको इन्ट्री

$
0
0


काठमाडौं, ४ असार । विश्वकप क्रिकेटमा टिम इण्डियाको अभियानमा ठूलो झड्का लागेको छ । विष्फोटक ब्याटिङ गरिरहेका ब्याट्स्म्यान शिखर धवन विश्वकप २०१९ बाट बाहिरिएका छन् । अब उनको स्थानमा ऋषभ पन्त आउनेछन् ।

आगामी खेल खेल्नका लागि ऋषभ पन्त यसअघि नै इङ्ल्याण्ड पुगिसकेका छन् । अस्ट्रेलियासँगको खेलमा शिखरलाई चोट लागेको थियो । त्यसपछि उनलाई दुई हप्ताको लागि आराम गर्न भनिएको थियो । उनी दुई हप्तामा पनि खेल्न योग्य नहुने भएपछि भारतीय क्रिकेट व्यवस्थापनले उनको स्थानमा ऋषभलाई अवसर दिने भएको हो ।

३३ वर्षीय धवनलाई ९ जुनमा अस्ट्रेलियासँगको खेलमा औंलामा चोट लागेको थियो । उक्त खेलमा उनले पीडाका बीच पनि खेलेका थिए । बीसीसीआईले ट्वीट गर्दै धवनको औंलामा प्लास्टर जुलाईको अन्तिमसम्म रहने बताएको छ । विशेषज्ञसँगको परामर्शपछि बीसीसीआईले यस्तो निर्णय गरेको स्पष्ट पारेको छ ।

धवनको स्थानमा आएका २१ वर्षीय पन्तलाई पहिला विश्वकपमा सहभागी गराउनुपर्ने कुरा चलेपनि अन्तिम समयमा अनुभवको आधारमा दिनेश कार्तिकलाई दोस्रो विकेटकिपरको रुपमा सहभागी गराइएको थियो ।

पन्त पनि आक्रामक ब्याटिङका लागि चर्चित छन् । देब्रे हाते ब्याट्स्म्यान पन्तले आइपिएलको क्रममा शानदार पारी खेलेका थिए । स्मरणीय छ, धवन र पन्त दुवैजना नेपाली युवा स्पिनर सन्दीप लामिछाने खेल्ने दिल्ली क्यापिटल्सबाट नै खेल्छन् । पन्त आइपिएलमा फर्ममा देखिएका थिए । उनले यसअघि इङ्ल्याण्८ र अस्ट्रेलियाको टेस्ट श्रृंखलामा पनि शानदार प्रदर्शन गरेका थिए ।

The post शिखर धवन विश्वकपबाट बाहिरिए, ऋषभ पन्तको इन्ट्री appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles