काठमाडौं, ५ असार । एक दिवसीय विश्वकप क्रिकेटमा आज बंगलादेश र अष्ट्रेलिया भिड्दै छन् ।
अष्टेलियाले नटिङघमा टस जितेर केही समयपछि ब्याटिङमा उत्रदै छ । विश्वकपमा हालसम्म अष्ट्रेलिया र बंगलादेश ३ पटक भिडिसकेका छन् । दुबै खेलमा अष्ट्रेलिया विजयी भएको थियो भने १ खेल नतिजा विहिन भएको थियो ।
आजको खेलमा अष्ट्रेलिया पाँचौ र बंगलादेश तेस्रो जीतको खोजीमा हुनेछ । अष्ट्रेलिया आजको खेलमा विजयी भए न्युजिल्यान्ड र इंग्ल्यान्डलाई पछि पार्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिने छ । यसअघिका ५ खेलमध्ये ४ वटामा जीत र एउटामा हार व्यहोरेको अष्ट्रेलिया ८ अंकसहित तेस्रो स्थानमा छ ।
बंगलादेश भने अष्ट्रेलियालाई हराउँदै सेमिफाइनलको यात्रा सहज बनाउन चाहन्छ । बंगलादेशले यसअघिका ५ खेलमा २ वटामा जीत र २ वटामा पराजित भएको छ । बंगलादेश ५ अंकसहित पाँचौ स्थानमा छ ।
The post बंगलादेशले टस हार्यो, अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने appeared first on Sajha Post.