Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बंगलादेश र अष्ट्रेलियाबीचको खेल वर्षाका कारण प्रभावित, वार्नरको विस्फोटक ब्याटिङ

$
0
0

काठमाडौं, ५ असार । बंगलादेश र अष्ट्रेलियाबीच भइरहेको खेल वर्षाका कारण प्रभावित भएको छ ।

टस जितेर ब्याटिङमा उत्रेको अष्ट्रेलियाले वर्षा हुनुपूर्व ४९ ओभर खेलिसकेको छ । ताजा अवस्था अनुसार अष्ट्रेलियाले ४९ ओभरमा ३६८ रनको विशाल योगफल तयार गरेको छ ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक रन बनाएर आउट भएका छन् । उनले १४७ बलमा ५ छक्का र १४ चौका प्रहार गर्दै १६६ रन बनाएका थिए । त्यस्तै उस्मान ख्वाजा र एरन फिन्चले अर्धशतक पूरा गरेका छन् । ख्वाजाले ७२ बलमा १० चौकासहित ८९ रन र फिन्चले ५१ बलमा २ छक्का र ५ चौकासहित ५३ रन बनाएर आउट भएका थिए ।

ग्लेन म्याक्सवेलले १० बलमा ३ छक्का र २ चौकासहित ३२ रन बनाएर आउट भए भने स्टिभन स्मिथ २ बलमा १ रन मात्रै जोडेर आउट भए । मार्कस स्टोइनिस र एलेक्स क्यारीले ब्याटिङ गर्दै गर्दा पानी परेको थियो । स्टोइनिसले ७ बलमा ६ रन र ६ बलमा १ चौकासहित ९ रन बनाएका छन् ।

बंगलादेशका लागि सौउम्या सरकारले सर्वाधिक ३ विकेट लिएका छन् ।

The post बंगलादेश र अष्ट्रेलियाबीचको खेल वर्षाका कारण प्रभावित, वार्नरको विस्फोटक ब्याटिङ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles