Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बंगलादेशलाई हराउँदै अष्ट्रेलिया शीर्षस्थानमा उक्लियो

$
0
0


काठमाडौं, ६ असार । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा साविक विजेता अष्ट्रेलिया बंगलादेशलाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार बंगलादेशलाई ४८ रनले पराजित गरेपछि अष्ट्रेलियालाई अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहेका इंग्ल्यान्ड र न्युजिल्यान्डलाई पछि पार्न सफल भएको हो । ३ सय ८२ रनकोे विशाल लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ३३ रन बनाए पनि पराजय रोक्न सकेन ।

बंगलादेशका लागि विकेटकीपर मुश्फिकुर ९७ बलमा ९ चौका र १ छक्कासहित रहिमले शतक पुरा गर्दै अविजित रहे । उनले मिचेल स्टार्कको ४९ ओभरको अन्तिम बलमा १ रन बटुल्दै विश्वकपमा आफ्नो पहिलो शतक पुरा गरेका हुन् ।

त्यस्तै आक्रामक ब्याटिङ गरेका महमुदूल्लाहले ५० बलमा ५ चौका र ३ छक्का सहित ६९ रनमा क्याच आउट भए । महमुदूल्लाह र मुश्फिकुरले पाँचौ विकेटका लागि १ सय २७ रनको साझेदारी गर्दै हारको अन्तर कम बनाएका थिए ।

बंगलादेशले ओपनर सौम्य सरकारलाई १० रनमा गुमाउनुको बंगलादेशको लागि पहिलो झड्का बन्यो । १९ ओभरको पहिलो बलमा मार्कस स्टोइनिसले डेविड वार्नरबाट क्याच गराउँदै सकिब अल हसनलाई ४१ बलमा ४ चौका सहित ४१ रनमा पेभिलिएन फर्काए ।

मिचेल स्टार्कले २५ औं ओभरको पहिलो बलमा ७४ बलमा ट चौकासहित खेलिरहेका ओपनर तामिम इकवाललाई ६२ रनमा बोल्ड आउट गरे । शब्बिर रहमान डक र मेहदी हसन मिराज ६ रनमा आउट भए ।

अष्ट्रेलियाका लागि नाथन कुल्टर नाइल,मिचेल स्टार्क,मार्कस स्टोइनिसले समान २ विकेट हात पारे भने एडम जम्पाले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अष्टेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ८१ रन बनाएको थियो । अष्टेलियाका ओपनर डेविड वार्नरले १ सय ४७ बलमा १४ चौका र ५ छक्कासहित १ सय ६६ रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै विशाल लक्ष्यका लागि योगदान गरे । उनलाई सौम्य सरकारको ४५ ओभरको दोस्रो बलमा प्याभेलियन फर्काइदिए । वार्नरको लागि यो एकदिवसीय करिअरमा १६औं शतक हो भने जारी विश्वकपमा दोस्रो शतक ।

त्यसैगरी, उस्मान खवाजाले ७२ बलमा १० चौकासहित ८९ रनको योगदान दिँदा फिन्चले ५१ बलमा ५ चौका र ३ छक्कासहित ५३ रन जोडेका थिए । ग्लेन म्याक्सवेलले आक्रामक ब्याटिङ गर्दै १० बलमा २ चौका र ३ छक्का सहित ३२ रनमा रन जोडेर आउट भए । स्टिभ स्मिथ १ रनमा आउट भए भने मार्कस स्टोइनिस १७ र एलेक्स केरि ११ रनमा अविजित रहे ।

बंगलादेशका लागि सौम्य सरकारले ८ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै मुस्ताफिजुर रहमानको नाममा १ विकेट रह्यो ।

जितसँगै अष्ट्रेलिया ६ खेलमा ५ मा जित र १ मा हारकासाथ शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलमा ४ मा जित निकालेको न्युजिल्यान्ड ९ अंकका साथ दोस्रो स्थानमा छ भने ५ खेलमा ४ मा जित र १ मा हार ब्योहोरेको घरेलु टोली इंग्ल्यान्ड तेस्रो स्थानमा छ ।

The post बंगलादेशलाई हराउँदै अष्ट्रेलिया शीर्षस्थानमा उक्लियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles