काठमाडौँ, ६ असार । आज बिहान भएको कोपा अमेरिका कपमा जापानलाई उरुग्वेले दुईदुई गोलको बराबरीमा रोक्न सफल भएको छ । जापानका लागि कोजी मियोसीले दुई गोल गरेका थिए ।
त्यस्तै उरुग्वेका लागि लुइज स्वारेज र जोसे जिमिनेजले गोल गरे । खेलको २५ औँ मिनेटमा कोजीले गोल गर्दै अग्रता दिलाए ।
तर, खेलको ३२ औँ मिनेटमा लुइज स्वारेजले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।
खेलको ५९ औँ मिनेटमा कोजीले गोल गर्दै पुनः जापानलाई अग्रता दिलाए ।
तर, खेलको ६६ औँ मिनेटमा जिमिनेजले बराबरी गोल फर्काए ।
यो बराबरीसँगै उरुग्वेले दुई खेलबाट चार अंक जोडेको छ । त्यस्तै जापानको एक अंक रहेको छ ।
The post उरुग्वे पराजित हुनबाट जोगियो appeared first on Sajha Post.