Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

सन्दीप र सोमपाल ग्लोबल टि-२० लिगमा

$
0
0


काठमाडौं, ६ असार । नेपाली लेग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी ग्लोबल टी ट्वान्टी क्यानडा प्रिमियर लिग २०१९ मा लागि छनौट भएका छन् ।

बिहीबार सम्पन्न ड्राफ्टमा सन्दीपलाई टोरोन्टो नेशनले ६० हजार अमेरिकी डलर खर्चेर अनुबन्ध गरेको हो । अघिल्लो वर्ष सन्दीपले ग्लोबल टी-२० क्रिकेट क्यानडामा खेल्दै ५ खेलमा ८ विकेट लिएका थिए । गत वर्ष भने उनलाई मोन्ट्रेल टाइगर्सले अनुबन्ध गरेको थियो । गत वर्ष उनलाई उक्त क्लबले ४० हजार अमेरिकी डलर खर्चिएको थियो ।

यसपालि सन्दीपले खेल्ने टोरोन्टो नेशनमा भारतीय टिमका पूर्व ब्याट्सम्यान युवराज सिंह पनि खेल्दैछन् । सन्दीपले गत वर्ष ग्लोबल टी–२० क्रिकेट क्यानडामा मोन्ट्रेल टाइगर्सबाट ५ खेल खेल्दै ८ विकेट लिएका थिए । टाइगर्सले गत वर्ष सन्दीपलाई ४० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।

उता, राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य सोमपाल कामीले पनि पहिलो पटक विदेशी टि-२० लिगका लागि छनौटमा परेका छन् । उनलाई विनिपेग हक्सले ३ हजार अमेरिकी डलर न्यूनतम मूल्यमा छनोट गरेको हो । २५ जुलाईदेखि ११ अगस्टसम्म क्यानाडामा हुने प्रतियोगितामा सोमपाल पहिलो पटक विदेशी लिगको ड्राफ्टबाट अन्तिम टोलीमा छनोट भएका हुन् ।

यसैबीच छनौट भएका दुवै खेलाडीलाई नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले बधाई दिएका छन् ।

The post सन्दीप र सोमपाल ग्लोबल टि-२० लिगमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles