काठमाडौँ, ६ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशलाई अष्ट्रेलियाले ४८ रनले पराजित गरेको छ । यो जितसँगै अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३ सय ८२ रनको लक्ष्य दिएको थियो । बंगलादेशले भने ३३३ रन मात्र जोड्यो ।
बंगलादेशका मुस्फिकर रहिमले १०२ रन, ममुदउल्लाहले ६९ रन, तमिम इकबालले ६२ रन, शकिब अल हसनले ४१ रन, लिटोन दासले २० रन जोडे ।
अष्ट्रेलियाका मिचेल स्टार्क, मार्कुस स्टोनिस र नेइल कल्टरले दुईदुई विकेट लिन सफल भए ।
अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले १ सय ६६ रन, उस्मान ख्वाजाले ८९ रन, आरोन फिन्चले ५३ रन, ग्लेन म्याक्स्वेलले ३२ रन बनाए जोडे । बंगलादेशका सौम्या सरकार ३ तथा मुस्ताफिजुर रहमानले १ विकेट लिन सफल भए ।
अष्ट्रेलियाको ६ खेलबाट १० अंक भएको छ ।
बंगलादेशको यो तेस्रो हार हो । बंगलादेशले ६ खेलबाट ५ अंक जोडेको छ ।
The post अष्ट्रेलिया शीर्ष स्थानमा उक्लियो appeared first on Sajha Post.