Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

श्रीलंकाद्वारा इङल्याण्डसामु २३३ रनको लक्ष्य प्रस्तुत

$
0
0

काठमाडौं, ६ असार । एक दिवसीय क्रिकेटअन्तर्गत आज भएको खेलमा श्रीलंकाले इङल्याण्डसामु २३३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिला ब्याटिङमा उत्रेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३२ रनको सामान्य योगफल बनाएको हो । श्रीलंका लागि एन्जेलो म्याथ्युले सर्वाधिक रन बनाएका थिए । उनले ११५ बलमा १ छक्का र ५ चौकासहित ८५ रन बनाउँदै अविजित रहे ।

त्यस्तै अबिष्का फर्नान्डोले ३९ बलमा २ छक्का र ६ चौकासहित ४९ रन, कुशल मेन्डिसले ६८ बलमा ४ चौकासहित ४६ रन र धनन्जय डि सिल्भाले ४८ बलमा १ चौकासहित २९ रन बनाएर आउट भएका थिए । तिसेरा परेरा २, इसुरु उडाना ६ र लाथिस मलिङ्गा १ रनमा आउट भए ।

इंग्ल्यान्डका लागि जोफ्रा आर्चर र मार्क उडले ३/३ विकेट लिए । आदिल राशिदको नाममा २ र क्रिस वोक्सको नाममा १ विकेट रह्यो ।

 

The post श्रीलंकाद्वारा इङल्याण्डसामु २३३ रनको लक्ष्य प्रस्तुत appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles