काठमाडौं, ६ असार । एक दिवसीय क्रिकेटअन्तर्गत शुक्रबार भएको खेलमा श्रीलंकाले इङल्याण्डलाई २० रनले पराजित गरेको छ ।
हिडिङलेमा टस जितेर पहिला ब्याटिङमा उत्रेको श्रीलंकाले इङल्याण्डसामु निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको इङल्याण्डले ४७ ओभरको खेलमा सबै विकेट गुमाउँदै २१२ रन मात्रै जोड्न सफल भएको थियो ।
श्रीलंकाको जीतका लागि लसिथ मलिङ्गाले सर्वाधिक ४ विकेट लिएका थिए । उनी म्यान अफ द म्याच बने । त्यस्तै धनन्जय डि सिल्फाले ३ विकेट लिएका थिए । इसुरु उडानाको नाममा २ र नुवान प्रदिपको नाममा १ विकेट रह्यो ।
इङल्याण्डका लागि बेन स्टोक्स र जो रुटले अर्ध शतक पूरा गरेका थिए । स्टोक्सले ८९ बलमा ४ छक्का र ७ चौकासहित ८२ रन र रुटले ८९ बलमा ३ चौकासहित ५७ रन बनाएका थिए । त्यस्तै इअन मोर्गन २१, मोइन अली १६, जेम्स भिन्स १४, जस बटलर १०, जोफ्रा आर्चर क्रिस वोक्स २ र अदिल रशिद १ रन बनाएर आउट भएका थिए ।
श्रीलंकाका लागि एन्जेलो म्याथ्युले सर्वाधिक रन बनाएका थिए । उनले ११५ बलमा १ छक्का र ५ चौकासहित ८५ रन बनाउँदै अविजित रहे । त्यस्तै अबिष्का फर्नान्डोले ३९ बलमा २ छक्का र ६ चौकासहित ४९ रन, कुशल मेन्डिसले ६८ बलमा ४ चौकासहित ४६ रन र धनन्जय डि सिल्भाले ४८ बलमा १ चौकासहित २९ रन बनाएर आउट भएका थिए । तिसेरा परेरा २, इसुरु उडाना ६ र लाथिस मलिङ्गा १ रनमा आउट भए ।
इंग्ल्यान्डका लागि जोफ्रा आर्चर र मार्क उडले ३/३ विकेट लिए । आदिल राशिदको नाममा २ र क्रिस वोक्सको नाममा १ विकेट रह्यो ।
The post श्रीलंकाको उत्कृष्ट बलिङ, इङल्याण्ड २० रनले पराजित appeared first on Sajha Post.