Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

इक्वेडरलाई हराउँदै चिली क्वाटरफाइलनमा

$
0
0


एजेन्सी, ७ असार । कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा चिलीले इक्वेडरलाई पारजित गर्दै क्वाटरफाइनलमा उक्लेको छ । चिलीले इक्वेडरविरुद्ध २-१ को पराजय व्यहोरेको हो ।

जारी सिजनमा चिलीको यो लगातार दोस्रो जित हो । खेलको आठौं मिनेटमै अग्रता लिएको चिलीका लागि जोसे पुएनजाडिलाले पहिलो गोल गरे । उनले कर्नरबाट आएको बल इक्वेडरले क्लियर गर्न नसकेपछि रिबाउन्डमा १२ यार्डबाट गोल गरेका हुन् ।

खेलको २५ औं मिनेटमा इक्वेडरले पेनाल्टीमार्फत गोल फर्काएर खेल बराबरीमा ल्यायो । चिलीका आरियासले मेन्डेजलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा एनर भ्यालेन्सियाले गोल गरेका हुन् ।

पहिलो हाफको अन्तिम समयमा चिलीका गोलरक्षक अरियासले इबार्रालाई पेनाल्टी क्षेत्रबाहिर लडाए । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा पहेंलो कार्ड दिंदै फ्रिकिक दिए पनि इक्वेडरले त्यसलाई सदुपयोग गर्न सकेन ।

दोस्रो हाफको ५१ औं मिनेटमा चिलीका लागि चार्ल्स आरान्गिजको पासलाई एलेक्सिस सान्चेजले पेनाल्टी क्षेत्रबाट उत्कृष्ट गोल गर्दै चिलीलाई पुनः अग्रता दिलाए । खेलको ८९ औं मिनेटमा इक्वेडरका ग्याब्रिएल एकिलिएरले चिलीका मिडफिल्डर आर्टुरो भिडाललाई कुइनोले मुखमा प्रहार गरे । रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएपछि इक्वेडर १० खेलाडीमा सीमित भयो ।

चिली २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गरेको छ भने दोस्रो स्थानमा रहेको उरुग्वेले २ खेलमा ४ अंक जोडेको छ । जापानको १ अंक छ भने इक्वेडर अंकविहिन छ ।

The post इक्वेडरलाई हराउँदै चिली क्वाटरफाइलनमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles