एजेन्सी, ७ असार । अफ्रिका कप अफ नेसन्समा आयोजक इजिप्टले संघर्षपूर्ण जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ ।
कायरोस्थित कायरो अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा आयोजक इजिप्टले जिम्बाबेलाई १–० ले पराजित गर्दा महमु ट्रेजेगेटले पहिलो हाफमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।
जिम्बाबेविरुद्ध खेलभर दबावपूर्ण प्रस्तुति देखाएको इजिप्टले धेरै अवसरहरु खेल फाल्यो । खेलको आठौं मिनेटमा इजिप्टका महमु ट्रेजेगेटले गोलको मौका खेर फालेको थिए भने ११औं मिनेटमा अब्दुल्लाहले पनि मौकाको सदुपयोग गर्दै गोल गर्न सकेनन् । १६औं मिनेटमा मोहम्मद सलाहले अर्को मौका खेर फाले ।
४१औं मिनटेमा महमु ट्रेजेगेटले एमान अस्राफको पासमा गरेको गोलनै इजिप्टको जितमा निर्णायक बन्यो । दोस्रो हाफमा पनि इजिप्टले धेरै आक्रमणहरु गरे पनि गोल भने गर्न सकेन ।
अफ्रिकी महादेशको सबै भन्दा ठूलो प्रतियोगिता अफ्रिका कप अफ नेसन्समा २४ टिम सहभागी छन् । जितसँगै समूह ‘ए’ मा ३ अंक जोडेको इजिप्ट अगाडि छ भने जिम्वावे पुछारमा छ । कंगो र युगान्डा पनि यही समूहमा रहेका छन् ।
The post आयोजक इजिप्टको संघर्षपूर्ण जित appeared first on Sajha Post.