Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकप क्रिकेटः आज इंग्ल्याण्ड र अष्ट्रेलिया खेल्दै

$
0
0


वेल्स, १० असार । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । लर्ड्समा हुने खेलमा दुई उपाधी दाबेदार राष्ट्र इंग्ल्याण्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ ।

लर्ड्स क्रिकेट मैदानमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउन चाहन्छन् ।

घरेलु टोली इंग्ल्याण्ड अष्ट्रेलियालाई हराएर तालिकाको दोस्रो स्थानमा उक्लन चाहन्छ । ६ खेलबाट ८ अंक जोडेको इंग्ल्याण्ड चौंथो स्थानमा छ । तर, इंग्ल्याण्डलाई अष्ट्रेलियाविरुद्ध जित निकाल्न त्यति सहज भने हुनेछैन ।

अष्ट्रेलिया घरेलु टोलीलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहन्छ । ६ खेलबाट १० अंक जोडेको अष्ट्रेलिया दोस्रो स्थानमा छ ।

अष्ट्रेलिया शीर्ष स्थानको न्युजिल्याण्डभन्दा मात्र १ अंकले पछि छ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।

The post विश्वकप क्रिकेटः आज इंग्ल्याण्ड र अष्ट्रेलिया खेल्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles