Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘खेल मैदान ठीक छैन, खेल्न कठिन भयो’

$
0
0

काठमाडौँ, १० असार । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले ब्राजिलमा जारी कोपा अमेरिका कपको मैदानलाई लिएर आलोचना गरेका छन् ।

पहिलो खेलमा कोलम्बियासँग पराजित भएको अर्जेन्टिना दोस्रो खेलमा पाराग्वेसँग एकएक गोलको बराबरी खेल खेलेको थियो ।

लिग चरणको अन्तिम खेलमा अर्जेन्टिनाले कतारलाई २-० गोलले पराजित गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भनेका छन्, ‘खेल पराजित भयो भने दोष दिने चलन पनि उत्तिकै रहेको छ । तर, मैले सुरुदेखि नै मैदान सही नभएको भन्दै आइरहेको छ । बल बाउन्स धेरै हुने र बल नियन्त्रण गर्न कठिन हुने गरेको छ । यो खेल मैदान ठीक रहेको छैन ।’

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्केलोनीले पनि खेल मैदानको आलोचना गरेका छन् ।

The post ‘खेल मैदान ठीक छैन, खेल्न कठिन भयो’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles