Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

घरेलु टोली इंग्ल्याण्ड पराजित, अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा

$
0
0

काठमाडौँ, ११ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रनले पराजित गरेको छ । यो जितसँगै अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलिया दुई खेल अगाबै सेमिफाइनलमा पुगेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २८५ रन बनाएको थियो ।

२८६ रनको लक्ष्य पाएको इंग्ल्याण्डले ४४ ओभर ४ बलमा अलआउट हुँदै २२१ रनमात्र बनायो ।

इंग्ल्याण्डका लागि बेन स्टोक्सले ८९ रन, जोनी बैस्टोले २७ रन, क्रिस वोक्सले २६ रन जोडे । जोश बट्लर र रशिद आदीलले समान २५ रन बनाए ।

अष्ट्रेलियाका लागि जासन पाउल बिहेर्नड्रोफले ५ विकेट लिए । यस्तै मिचेल स्टार्कले ४ विकेट लिए ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले १०० रन, डेभिड वार्नरले ५३ रन, एलेक्स केरी र स्टेभेन स्मिथले समान ३८ रन जोडे ।

इंग्ल्याण्डका लागि क्रिस वोक्सले २ विकेट लिए । यस्तै जोफ्रा आर्चर, मार्क वुड, बेन स्टोक्स र मोइन अलीले एक एक विकेट लिए ।

यो जितसँगै अष्ट्रेलियाको ७ खेलबाट १२ अंक भएको छ ।

पराजित इंग्ल्याण्डको ८ अंक रहेको छ ।

The post घरेलु टोली इंग्ल्याण्ड पराजित, अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles