काठमाडौँ, ११ असार । म्यानचेष्टर सिटीका स्टार मिडफिल्डर डेबिड सिल्भाले क्लब छोड्ने निर्णय गरेका छन् । उनले आउने नयाँ नयाँ सिजनको अन्तिममा क्लब छाड्नेछन् ।
म्यानसिटीमा करिब एक दशक बिताएका उनले क्लब छोड्ने समय आएको बताएका छन् । उनले म्यानसिटीलाई यो उचाईमा पुर्याउन महत्वपुर्ण भुमिका खेलेका छन् । उनी आएपछि म्यानसिटीले धेरै उपाधिहरु जित्न सफल भएको छ ।
उपाधिहरु
चारवटा प्रिमियर लिगको उपाधि,
दुईवटा एफ ए कपको उपाधि
चारवटा लिग कपको उपाधि
उनले क्लबलाई च्याम्पियन्स लिग जिताउन नसकेको दुखेसो पनि पोखे ।
क्लबले एउटा नयाँ उचाई प्राप्त गरेको र क्लब छोड्ने सही समय आएको उनले बताएका छन् । उनले हरेक कुराको निश्चित समय हुने र त्यो निर्णय लिन आफुलाई कुनै कठिन नभएको समेत बताए ।
The post म्यानचेष्टर सिटीका स्टार मिडफिल्डर डेबिड सिल्भाले क्लब छोड्ने ! appeared first on Sajha Post.