पेरिस, ११ असार । पछिल्लो सिजनमा खराब प्रदर्शन गरेको रियल मड्रिडको प्रयास छ- यो सिजनमा नेयमार र इम्बाप्पेलाई भित्र्याउने ।
केही दिनअघि नेयमारले आफू रियल जान नचाहेको प्रष्ट पारेका थिए । बरु उनी बार्सिलोना जाने सम्भावना बलियो बन्दै गएको छ ।
यता पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पेको पछिल्लो अभिव्यक्ति पनि त्यस्तै आएको छ । उनले आउँदो एक सिजन पनि पिएसजीमै रहने संकेत गरेपछि मड्रिडको सपनामा चिसो पानी परेको हो ।
क्रिश्चियानो रोनाल्डो युभेन्टस भित्रिएपछि मड्रिडले राम्रो प्रदर्शन गर्न सकेको छैन । नयाँ प्रशिक्षक जिनेदिन जिदानको रियलमा यो सिजनमा विश्व स्तरीय खेलाडी भित्र्याउन चाहन्छन् । टोलीको आमूल पुनर्संरचना गर्ने जिदानको योजनाअनुसार नै रियलमा नेयमार र एमबाप्पे भित्र्याउने प्रसंग चलेको थियो ।
गत साता एक प्रसंगमा एम्बाप्पेले भनेका छन्, ‘रियलमा सरुवा हुने विषयमा कुरा गर्ने समय यो होइन, यो विषयमा मलाई पटक-पटक सोधिएको छ । तर मैले अर्को सिजनसम्म पिएसजीमै रहने बताउँदै आएको छु । तपाईहरु जहिले यहि प्रश्न सोध्नु हुन्छ । तर, यो त्यो समय होइन ।’
The post नेयमारपछि एम्बाप्पेको अभिव्यक्तिले मड्रिडको चाहनामा चिसोपानी appeared first on Sajha Post.