काठमाडौं, ११ असार । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत अहिले जारी खेलमा न्युजिल्याण्डले पाकिस्तानसामु २३८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बर्मिङघनमा टस जितेर ब्याटिङमा उत्रेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २३७ रनको योगफल जोडेको थियो । न्युजिल्याण्डका लागि जेम्स निशमले सर्वाधिक रन बनाएका थिए । उनले ११२ बलमा ३ छक्का र ५ चौकासहित ९७ रन बनाउँदै अविजित रहे ।
त्यस्तै कोलिन ग्रयान्डम अर्ध शतक पूरा गरेर आउट भए । उनले ७१ बलमा १ छक्का र ६ चौकासहित ६४ रन बनाएका थिए ।
यता केन विलियमसनले ६९ बलमा ४ चौकासहित ४१, कोलिन मुनरोले ३७ बलमा २ चौकासहित १२, मार्टिन गुप्टिलले ४ बलमा १ चौकासहित ५, रोस टेलरले ८ बलमा ३ र टोम लथाम १४ बलमा १ रन बनाएर आउट भए । मिचेल सेन्टनर बलमा ५ रन बनाउँदै अविजित रहे ।
पाकिस्तानका लागि शहीन शाह अफ्रिदीले सर्वाधिक ३ विकेट लिए । सदाव खान र मोहम्मद आमिरको नाममा १/१ विकेट रह्यो ।
The post पाकिस्तानलाई न्युजिल्याण्डले दियो मध्यम लक्ष्य, निशम शतक बनाउन चुके appeared first on Sajha Post.