Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

भारतसँग भिडेपछि मात्रै सन्यास लिने क्रिस गेलको घोषणा

$
0
0


काठमाडौं, १३ असार । वेस्ट इण्डिजका स्टार क्रिकेटर क्रिस गेलले विश्वकपलगत्तै सन्यास नलिने भएका छन् । विहीबार एकदिवसीय विश्वकपमा भारतसँग पराजित भएपछि उनले आफ्नो पूर्व घोषणा फेरेका हुन् । यो विश्वकपमा गेलको टिम समूह चरणबाटै बाहिरिएपछि उनको यस्तो घोषणा आएको अनुमान गरिएको छ ।

उनले भारतविरुद्ध अगष्ट सेप्टेम्बरमा हुने सिरिजपछि मात्रै सन्यास लिने बताएका छन् । उनी जारी विश्वकपमा सबैभन्दा जेठा खेलाडीहरुमध्ये एक हुन् । गेलले लिग चरणको अन्तिम खेलमा सन्यासको घोषणा गर्ने अनुमान गरिएको थियो ।

‘करियर अन्त्य गर्ने समय आएको छैन्, अझै केही सिरिज खेल्न चाँहन्छु,’ उनले भने । यद्यपि, गेलले भारतविरुद्धको टेस्ट र एक दिवसीय खेले पनि टी–२० भने नखेल्ने बताए ।

The post भारतसँग भिडेपछि मात्रै सन्यास लिने क्रिस गेलको घोषणा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991