Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय टोली घोषणा, शरद ‘इन’, आरिफ ‘आउट’

$
0
0

काठमाडौं, १५ असार । सिंगापुरमा हुने आईसीसी टि-ट्वान्टी एसिया कपको लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । आइतबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको टोलीमा केही खेलाडीहरु परिवर्तन गरिएको छ ।

कप्तान पारस खड्काको कप्तानीमा घोषणा गरिएको १४ सदस्य टोलीमा युएई टुरमा छुटेका शरद भेषवाकरले पुनः स्थान पाएका छन् । केही वर्षदेखि राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका आरिफ शेख भने टोलीमा अटाएका छैनन् ।

त्यस्तै युएई टुरमा अटाएका सन्दीप जोरा पनि १४ जनामा परेका छैनन् । आगामी जुलाई २०-२८ सम्म सिंगापुरमा हुने आईसीसी टि-ट्वान्टी एसिया छनोटमा सहभागी हुने नेपाली टोलीको छनौट कप्तान पारस खड्का, प्रशिक्षक उमेश पटवाल र आईसीसीका प्रतिनिधि अमिनुल इस्लामले गरेका हुन् ।

प्रतियोगितामा नेपालसहित, सिंगापुर, कुवेत, मलेसिया र कतार भिड्नेछन् । यो प्रतियोगिताको उपाधि विजेताले ग्लोबल छनोटको लागि प्रतिस्पर्धामा सहभागी हुन पाउनेछ ।

१४ सदस्य टोलीमा को-को छन् ?
१. पारस खड्का(कप्तान)
२. ज्ञानेन्द्र मल्ल
३. शरद भेषवाकर
४. बसन्त रेग्मी
५. सोमपाल कामी
६. दिपेन्द्रसिंह ऐरी
७. प्रदीप ऐरी
८. सन्दीप लामिछाने
९. रोहित कुमार पौडेल
१०. पवन सरार्फ
११. अभिनाष बोहोरा
१२. विनोद भण्डारी
१३. करण केसी
१४. ललित नारायण राजवंशी

वैकल्पिक खेलाडीहरु-

१. कुशल भुर्तेल
२. जितेन्द्र मुखिया
३. आरिफ शेख
४. सुसन भारी

The post विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय टोली घोषणा, शरद ‘इन’, आरिफ ‘आउट’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles