Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

ब्राजिलको मैदानदेखि दिक्क छन् मेस्सी, फाइनलमा पुग्ला त अर्जेन्टिना ?

$
0
0

काठमाडौँ, १७ असार । यसपटकको कोपा अमेरिका कपको फाइनलमा कुन टिम पुग्ला । दुई चर्चित देश ब्राजिल र अर्जेन्टिना यसपटकको कोपा अमेरिका उपाधि कप जित्ने दाउमा रहेका छन् । कोपा अमेरिका कपको सेमिफाइनलमा भोलि बिहान अर्जेन्टिना र ब्राजिल आमने सामने गर्दैछन् ।

यो अर्जेन्टिनाको लगातार तेस्रोपटकको सेमिफाइनल यात्रा हो । सन् २०१५ र सन् २०१६ मा भएको कोपा अमेरिका कपमा अर्जेन्टिनाले फाइनलसम्मको यात्रा तय गरेको थियो । यसपटक पनि अर्जेन्टिनाले ब्राजिललाई पराजित गर्न सकेमा अर्जेन्टिना लगातार तीनपटक कोपा अमेरिकाको फाइनलमा पुग्नेछ ।

अर्जेन्टिना विस्तारै लयमा फर्किन लागेको समिक्षकहरुले बताउँछन् । तर, स्टार खेलाडीहरु भए पनि अर्जेन्टिनाका खेलाडीहरु भने गोल गर्न चुकिरहेका छन् ।

लिग चरणका खेलमा खासै गतिलो खेल प्रदर्शन गर्न नसकेको अर्जेन्टिनाले क्वाटरफाइलनमा भने भेनेजुयलामाथि सहज जित हात पारेको थियो ।

त्यस्तै ब्राजिललाई पाराग्वेले कडा चुनौती दिएको थियो । क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमार्फत जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको ब्राजिलले पनि फाइनलको सपना बुनिरहेको छ ।

स्टार खेलाडी लियोनल मेस्सीले हालसम्म कुनै जादु देखाउन नसकेको बताइरहँदा ब्राजिलले कस्तो रणनीति बनाएर खेल्ने हो विशेष चासोको विषय बनेको छ । समिक्षकहरुका अनुसार ब्राजिलभन्दा अर्जेन्टिनाले खेल्ने सम्भावना कम रहेको छ ।

उनीहरुका अनुसार अर्जेन्टिनाका खेलाडीहरु खेल मैदानको बनोट र अवस्थालाई लिएर चिन्तित रहेका छन् । मेस्सीले खेल मैदान ठीक नभएको यस अघि नै बताएका थिए ।

त्यस्तै ब्राजिलका खेलाडीहरु लयमा रहेका कारण र आयोजक देशलाई राम्रो फ्यानहरुको राम्रो समर्थन रहेको उनीहरु बताउँछन् ।

The post ब्राजिलको मैदानदेखि दिक्क छन् मेस्सी, फाइनलमा पुग्ला त अर्जेन्टिना ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles