Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

भारतद्वारा बंगलादेशलाई ३१५ रनको लक्ष्य, रोहितको कीर्तिमानी शतक

$
0
0

काठमाडौं, १७ असार । एकदिवसीय क्रिकेटअन्तर्गत आज भएको खेलमा भारतले बंगलादेशलाई ३१५ रनको लक्ष्य दिएको छ ।

बर्मिङंघममा टस जितेर पहिला ब्याटिङमा उत्रेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१४ रन बनाएको हो । भारतका लागि केएल राहुलले अर्ध शतक पूरा गरेका थिए । राहुलले ९२ बलमा १ छक्का र ६ चौकासहित ७७ रन बनाएका थिए ।

त्यस्तै रिशप पन्थले ४१ बलमा १ छक्का र ६ चौकासहित ४८, एमएस धोनीले ३३ बलमा ४ चौकासहित ३५,  विराट कोहलीले २७ बलमा ३ चौकासहित २६, दिनेश कार्तिकले ९ बलमा १ चौकासहित ८, विजय कुमारले ३ बलमा २ र मोहम्मद शमीले २ बलमा १ रन बनाएर आउट  भए ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले सर्वाधिक ५ विकेट लिएका थिए । त्यस्तै रुबेल हुसेन, शाकिब अल हसन र सौम्य सरकारको नाममा १/१ विकेट रह्यो ।

रोहित शर्मा लगातार ४ शतक पूरा गर्ने पहिलो भारतीय बने

आजको खेलमा भारतका लागि रोहित शर्माले किर्तिमानी शतक पूरा गरेका थिए । शर्माले ९२ बलमा ५ छक्का र ७ चौका प्रहार गर्दै १०४ रन बनाएका हुन् ।

यस पटकको विश्वकपमा आजको शतकसँगै शर्माले ४ वटा शतक पूरा गरेका छन् । योसँगै एउटै विश्वकपमा ४ वटा शतक पूरा गर्ने पहिलो भारतीय क्रिकेटर बनेका छन् ।

विश्वकपमा एउटै सिजनमा धेरै शतक पूरा गर्ने (४ वटा शतक) किर्तीमानी श्रीलंकाका कुमार संगाकाराको नाममा छ ।

तर आजको शतकसँगै शर्मा  र संगाकाराको शतक संख्या बराबरी भएको छ ।

The post भारतद्वारा बंगलादेशलाई ३१५ रनको लक्ष्य, रोहितको कीर्तिमानी शतक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles