एजेन्सी, १८ असार । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज न्युजिल्याण्ड र इङल्याण्डबीच खेल हुँदैछ ।
इङल्याण्ड र न्युजिल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३: १५ बजे चेस्टर लिमा सुरु हुनेछ ।
इङल्याण्डले चेस्टर लिमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।
आजको खेलमा विजयी हुने टोली सिधैँ सेमिफाइनलमा प्रवेश गर्ने छ । त्यस्तै पराजित हुने टोलीका लागि सेमिफाइनल पुग्ने सम्भावना पाकिस्तान र बंगलादेशबीचको खेल नतिजामा निर्भर रहने छ ।
न्युजिल्याण्डसँग पराजित भएको अवस्थामा र पाकिस्तानले बंगलादेशलाई पराजित गरे इङल्याण्ड लिग चरणबाट बाहिरिने छ । त्यसैले घरेलु टोली इङल्याण्डमाथि आजको खेल जित्नै पर्ने दबाब छ ।
यता न्युजिल्यान्ड आजको खेलमा पराजित भयो र पाकिस्तानले बंगलादेशलाई हरायो भने नेट रन रेटका आधारमा न्युजिल्याण्ड सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै रहने छ ।
इंग्ल्यान्ड ८ खेलमा ५ मा जित र ३ मा हार व्यहोर्दै १० अंकसहित चौथो स्थानमा छ । ५ खेलमा जित र २ मा हार व्यहोरेको न्युजिल्याण्ड ११ अंकसहित तेस्रो स्थानमा छ । न्युजिल्यान्डले वर्षाको कारण भारतसँग १/१ अंक बाँडेको थियो ।
यी दुबै टोली विश्वकपमा ८ पटक आमनेसामने भइसकेका छन् । जसमध्ये इङल्याण्डले ३ र न्युजिल्याण्डले ५ खेलमा जित हात पारेका छन् ।
अष्ट्रेलिया र भारत यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
The post न्युजिल्याण्डले टस हार्यो, इङल्याण्डले पहिला ब्याटिङ गर्ने appeared first on Sajha Post.