Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

टेनिस खेलाडी रोजर फेडेररको कमाइ कति ?

$
0
0


एजेन्सी, २६ वैशाख । स्विजरल्याण्डका राष्ट्रिय व्यवसायिक टेनिस खेलाडीलाई हालसम्मकै सर्वश्रेष्ठ खेलाडीको रुपमा लिने गरिन्छ । रोजरले सन् १९९८ बाट व्यवसायिक टेनिस खेल खेल्न सुरु गरेका थिए ।

सन् २००२ को अक्टोबरमा आइपुग्दा उनी विश्वका १० उत्कृष्ट टेनिस खेलाडीको सुचीमा परे । त्यसपछि उनले लगातार रेकर्ड बनाउन थाले । ३०२ हप्तासम्म नम्बर एक टेनिस खेलाडी बन्न उनी सफल भएका थिए । एकल पुरुषतर्फ उनले १७ ग्राण्ड स्ल्याम जितेका छन् । प्रत्येक ग्राण्ड स्ल्यामको लगातार पाँच पटक

फाइनलमा पुग्ने खेलाडी र विम्वेलटनको फाइनलमा १० पटक पुग्ने रेकर्ड बनाएका छन् । उनी सात जना खेलाडी मध्येका एक खेलाडी हुन् जसले ग्राण्ड स्ल्याममार्फत करिअर निर्माण गरेका छन् ।
रोजरको १८० मिलियन डलर बराबरको सम्पत्ति रहेको छ । एसोसिएसन अफ टेनिस प्रोफेसनलका अनुसार सन् २०१३ को २५ अगस्ट सम्म उनले ७७.७ मिलियन डलर कमाएका छन् ।

दक्षिण अमेरिकामा भएको एक एक्जिभिसन टुरमा उनले ६ खेलबाट १४ मिलियन डलर कमाएका थिए । रोजरले महँगा ब्राण्डको विज्ञापनमा पनि काम गरेका छन् । रोलेक्स, नाइक, मोइट एण्ड चानढन, विलसन जस्ता ब्राण्डसँग उनको कन्ट्रयाक रहेको छ ।

The post टेनिस खेलाडी रोजर फेडेररको कमाइ कति ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles