एजेन्सी, २७ वैशाख । युरोपकै प्रतिष्ठित लिग च्याम्पियन्स लिगको सेमिफाइनल खेलको दोस्रो चराणको खेलमा मोनाको युभेन्ट्ससँग २-१ गोलले पराजित भएको छ ।
पहिलो चरणको खेलमा दुई गोलको अग्रता बनाएको युभेन्ट्सले सम्रगमा ४-१ गोलको जित निकाल्न सफल भएको छ । यो जित सँगै युभेन्टसले च्याम्पियन्स लिगको फाइनलको यात्रा तय गरेको छ ।
खेलको ३३ औ र ४४ औ मिनेटमा युभेन्ट्सका लागि मरियो माण्डुजकी र ड्यानी एल्भ्सले एकएक गोल गरेका थिए । पहिलो हाफमा दुई गोलले पछि परेको मोनाकोका लागि एकमात्र सान्तोना गोल काइलिन बाप्पेले गरे ।
अब फाइनलमा युभेन्ट्सले रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडबीचको खेलमा जसले जित्छ उसैसँग भिड्नेछ ।
The post मोनाको आउट, युभेन्ट्स फाइनलमा appeared first on Sajha Post.