एजेनसी, २७ वैशाख । उमेरले २९ वर्ष लागेका लियोनल मेस्सीले क्लब तहमा रहेर सबै खाले उपाधिहरु लगभग जितिसकेका छन् । उनले बार्सिलोनामा नै रहेर आफ्नो करिअर बिताउने निर्णय समेत गरेका छन् ।
बार्सिलोनामा आएपछि उनले ८ वटा लिग उपाधि ४ वटा कोपा डेल रे, ७ वटा सुपर कोपा डे इस्पानिया, ४ वटा च्याम्पियन्स लिग, तीनवटा युइएफए सुपर कप र तीनवटा फिफा क्बल वल्र्ड कप उपाधि जितेका छन् । उनको नाममा ३९ वटा रेकर्ड दर्ता छन् । स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल खेल्दै आइरहेका मेस्सीबारे रोचक तथ्यहरु जसबारे कमैलाई थाहा छ ।
लियोनल मेस्सीको जन्म सन् १९८७ को जुन २४ मा अर्जेन्टिनाको रारियो क्षेत्रमा भएको थियो । ११ वर्षको कलिलो उमेरमा उनको डाइगनोसिस गरिएको थियो । उनीमा उचाइ नबढ्ने समस्या देखिएको थियो । हर्मन डिफिसेन्सी सिन्ड्रोमबाट उनी ग्रसित थिए ।
उनको उपचारका लागि प्रत्येक महिना ९०० डलर खर्च आवश्यक पथ्र्यो जुन उनको परिवारले जुटाउन सकिरहेको थिएन । तर, यस्ता समस्या र कठिनाइकाबिच उनले फुटबलका कला कौशल सिक्न प्रयास गरिनै रहे । अन्ततः विश्वकै सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए ।
फुटबलको ट्रिक्समा माहिर मानिएका मेस्सीलाई आर्सनल जस्तै भएको मानिन्नछ । एक जनाले निकै धेरै खेलाडीहरुलाई छलाएर गोल हान्न सक्ने खुबी उनीमा थियो र उनले विभिन्न खेलमा प्रमाणित समेत गरेका छन् ।
सायद कमैलाई थाहा छ लियोनल मेस्सीको मिडल नेम पनि रहेको छ । विश्वकै सर्वोत्कृष्ट खेलाडीको मिडल नेम ‘एन्ड्रिस’ हो । यो नाम उनलाई उनको पिताले दिएका हुन् । यो नाम दिनुमा परिवारका सदस्यहरुको आफ्नै मान्यता रहेको छ । उनीहरुका अनुसार मेस्सीका पुर्वजहरु इटालियनबाट बसाइ सरेर अर्जेन्टिनाको रोसारियो क्षेत्रमा आएका थिए । मेस्सीको यस नामबारे कमैलाई थाहा छ । उनको पुरा नाम लियोनल एन्ड्रिस मेस्सी हो ।
लियोनल मेस्सीबारे एउटा स्ट्राइकिङ तथ्य रहेको छ । उनी विश्वकै चर्चीत होचा स्टाइकरमा गनिन्छन् । उनको उचाइ १.६९ मिटर रहेको छ । उनको शरिरको उचाइ अन्य फुटबल खेलाडीहरुलाई लिएर तुलना गर्ने हो भने मेस्सीले शक्तिशाली डिफेन्सलाई कडा चुनौती दिने गरेका छन् ।
धेरै डिफेण्डरहरु लियोनल मेस्सीलाई रोक्न एकदमै कठिन हुने बताउँछन् । फुटबललाई आफ्नो खुट्टामा राखिराख्न उनी विभिन्न ट्रिकको प्रयोग गर्छन् । अन्य खेलाडीहरुको जस्तोसुकै चुनौतीलाई पनि मात दिन उनी तयार रहेका हुन्छन् ।
उनीबाट बल खोस्न अरु खेलाडीहरुलाई हम्मेहम्मे पर्छ ।
लियोनल मेस्सीले आफ्नो फुटबल करिअर ‘निवेल्स ओल्ड बोएज फुटबल क्लब’ बाट सुरु गरेका हुन् । उनले सन् १९९५ देखि २००० सम्म उक्त क्लबमा रहेर फुटबल खेलेका थिए । त्यसपछि उनले फुटबल क्लब बार्सिलोनामा आवद्ध भएका थिए । निकै कलिलो उमेर बार्सिलोना क्लबमा आवद्ध भएका मेस्सीको कला कौशल देखेपछि उनको उपचार खर्च समेत व्यहोर्ने सहमतिमा उनी बार्सिलोना क्लब गएका थिए । न्यापकिन पेपरमा उनले पहिलो कन्ट्रयाक गरेका थिए ।
सन् २००८ मा फिफा वल्र्ड प्लेयरको लागि मनोनय हुँदा उनी २१ वर्षका थिए । तर, उनले त्यस साल भने अवार्ड जित्न सकेनन् । सबैभन्दा कलिलो उमेरमा फिफा वल्र्ड प्लेयरको लागि मनोनयान पर्ने उनी पहिलो खेलाडी थिए ।
त्यसपछि उनले लगातार चार वर्ष अवार्ड जितेका थिए ।
सन् २००९ मा लियोनल मेस्सीले पहिलो ‘फिफा वल्र्ड प्लेयर अफ दि इयर’ जितेका थिए । त्यस समय उनी २२ वर्षका थिए । उनले त्यसपछि लगातार तीन वर्षसम्म अवार्ड जिते । लगतार चार वर्षसम्म अवार्ड जित्ने उनी पहिलो खेलाडी बन्न सफल भए । धेरै फुटबल पण्डितहरुले उनलाई फुटबल जगतकै सर्वोकृष्ट खेलाडी बताएका थिए ।
२४ वर्षको उमेरमा उनी बार्सिलोना क्लबको सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्न सफल भए । क्लब इतिहासमा नै सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडी समेत उनी बने । उनको खेल्ने शैली र मुभमेन्टका कारण सबै फ्यानहरु प्रभावित भएका थिए । उनीमा दुवै खुट्टाले गोल गर्न सक्ने क्षमता रहेको छ । उचाइ कम भए पनि उनीमा हेडिङमार्फत गोल गर्ने कला रहेको छ ।
स्पेनिस लिगमा सबैभन्दा सानो उमेरमा २०० गोल गर्ने उनीमात्र एक खेलाडी हुन् । उनले २५ वर्षको उमेर भित्र २०० गोल गरेका थिए । उनले एउटा सिंगल क्यालेण्डर इयरमा सबैभन्दा धेरै गोल गर्दै गिनिज बुकमा नाम लेखाएका छन् । स्पेनिस लिगमा सबै प्रतिस्पर्धी क्लबहरुविरुद्ध उनले गोल गरेका छन् ।
लियोनल मेस्सीमात्र एक त्यस्ता खेलाडी हुन् जसले लगातार तीनवटा युरोपियन गोल्डेन सुज अवार्ड जितेका छन् । युरोपियन लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई यो अवार्डद्धारा सम्मान गर्ने गरिन्छ ।
The post इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी लियोनल मेस्सीबारे रोचक तथ्यहरु appeared first on Sajha Post.