Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

चेल्सीले जित्यो प्रिमियर लिगको उपाधि

$
0
0

एजेन्सी, ३० वैशाख । शुक्रबार राति भएको इंग्लिस प्रिमियर लिगमा चेल्सीले वेष्ट ब्रमविच एल्बियनलाई १-०ले पराजित गर्दै प्रिमियर लिगको उपाधि जितेको छ । जोसे मोओरिनो प्रशिक्षक हुदाँ चेल्सीले लिग उपाधि जितेको थियो ।

तर, लिग जिताए पनि खराब सिजनका कारण उनी बर्खास्तमा परेका थिए । एन्टोनियो कोन्टे आएपछि चेल्सी आक्रामक खेल प्रदर्शन गर्दै पुन लिग उपाधि जित्न सफल भएको हो ।

बात्सुआइले खेलको ८२औं मिनेटमा गरेको गोल गोल गरेका थिए । उक्त गोल नै जितका लागि काफी भएपछि चेल्सीले पाँचौ पटक उपाधि उचाल्न सफल भएको हो । चेल्सीको ३६ खेलमा ८७ अंक जोडेको छ भने दोश्रो स्थानमा रहेको टोटेनहमको ३५ खेलमा ७७ अंक जोडेको छ ।

The post चेल्सीले जित्यो प्रिमियर लिगको उपाधि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles