Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगको सेमीफाइनलमा रियल र सिटी तथा बार्यन र एथ्लेटिको भिड्ने

$
0
0

काठमाडौं, ३ वैशाख । युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको सेमीफाइनलमा रियल मड्रिडले म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

शुक्रबार भएको सेमीफाइनल ड्रममा रियलले सिटी र बार्यन म्युनिखले एथ्लेटिको मड्रिड प्रतिद्वन्दी पाएका हुन् ।
SemiFinal Draw UEFA Champions league 2016
रियलले क्वार्टरफाइनलमा वुल्फबर्ग, एथ्लेटिकोले बार्सिलोना, बार्यनले बेनफिका र सिटीले पिएसजीको चुनौती पन्छाएका थिए ।

रिलय र बार्यन यसअघि च्याम्पियन्स लिग जितिसकेका टिम हुन् भने सिटी र एथ्लेटिकोले जित्न सकेको छैन । अझ सिटीका लागि त यो सेमीफाइनल नै सबैभन्दा माथिल्लो सफलता हो । एथ्लेटिको यसअघि दुई पटक फाइनलमा पुगेर पराजित भएको थियो ।

प्रतियोगिताको साविकको विजेता बार्सिलोना हो । उसले एथ्लेटिकोसँग क्वाटरफाइनलमा ३-२ एग्रीगेटमा हारेको थियो । यससँगै बार्सिलोनाले च्याम्पियन्स लिगको इतिहासमै उपाधि डिफेन्ड गर्ने पहिलो टोली बन्ने मौका गुमाएको थियो । अहिलेसम्म कुनै पनि टिमले लगातार दुई उपाधि जितेका छैनन् ।

The post च्याम्पियन्स लिगको सेमीफाइनलमा रियल र सिटी तथा बार्यन र एथ्लेटिको भिड्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles