Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

सबैभन्दा धनाढ्य ५ फुटबल क्लब मालिकहरु

$
0
0

 

एजेन्सी, ३० वैशाख । फुटबल जगतमा केही यस्ता धनाढ्यहरु रहेका छन् जसले क्लब फुटबलमा लगानी गर्न हिचकिचाएनन् । फुटबलमा सौखिन भएकै कारण उनीहरुले अर्बौ पैसा लगानी गरिसकेका छन् । कतिपय धनाढ्यहरु एउटै देशको मात्र नभइ अन्य राष्ट्रमा पनि फुटबल क्लब किन्ने गरेका छन् । फुटबल क्लबको मालिक हुनु धेरै नै सानदार र जिम्मेवार हुन्छ कुरा हो जुन सौभाग्य सबैले पाँउदैनन् ।
डिमित्री राइब्लोभ्लेव (एएस मोनाको)
यी रसियन धनाढ्य पनि क्रोयन्के जस्तै फुटबलका धेरै ठूला फ्यान हुन् । उनी‘डिभोर्स अफ द सेन्चुरी’को कारणले पनि चिनिन्छन् जसले आफ्नो पुर्व श्रीमतीलाई डिभोर्स दिनको लागि मात्रै चार अर्ब युरो तिरेका थिए । उनी म्यानचेस्टर युनाइटेडलाई किन्न चाहान्थे तर यो सम्भव भएन । उनको अहिले आठ अर्ब पचास करोड युरो बराबरको सम्पति रहेको छ ।

फिलिप अन्सुज (एलए ग्यालेक्सी)

एलए ग्यालेक्सीका मालिक अमेरिकाकै धनीमध्ये एक मानिस हुन् । उनको आठ अर्बअसी करोड युरो बराबरको सम्पति रहेको छ जुन उनले रेलवे र तेलको व्यापारबाट कमाएका हुन् । फिलिप एनएचएलमा लस एन्जल्स किंग्सको पनि मालिक हुन् ।

डेटिच माटेसिज (एनवाइ रेड बुल्स)

यी अष्ट्रेलियनकोे बैंक खातामा १२ अर्ब युरो रहेको छ जो रेडबुलका संस्थापक पनि हुन् र उनको क्लबको नामपनि त्यसैबाट राखिएको छ । यसका साथै उनको फर्मूलावान रेसिङ टिम पनि छ जसको नाम रेड बुल रेसिङहो ।

फ्रान्कोइस पिनल्ट (स्टेड रेनाइस)

स्टेड रेनाइसका मालिकको ६० वटा कम्पनी रहेको व्यापार साम्राज्य रहेको छन् जसमा पुमा, गुची, वाइभेस सेन्ट लरेन्ट लगाएतका प्रख्यात ब्रान्डहरु पनि पर्छन् । उनको १५ अर्ब युरो बराबरको सम्पति रहेको छ तर उनको अघि ठूलो चुनौती छ किनभने स्टेड रेनाइस लिग वानमा ५ औं स्थानमा रहेको छ ।

सेख मन्सुर (म्यानचेस्टर सिटी)

म्यानचेस्टर सिटीका सेख विश्वकै धनी मानिस मध्येका एक हुन् । उनको पुरा नाम मन्सुर विनजायद विन सुल्तान अलनाह्यान हो । उनी अबुधावीका शासक परिवारका सदस्य हुन् । युएईका राजनैतिक व्यक्तित्वका साथै उनी भर्जिन ग्यालाक्टिक र स्काई न्युज साउदी अरेबियाका पनि मालिक हुन् जसको कुल सम्पति २६ अर्ब युरा बराबर रहेको छ । उनले म्यानच्यास्टर सिटी क्लब किनेपछि क्लबमा धेरै पैसा लगानी गरेका छन् । बितेका ६ वर्षमा उनको क्लबले दुईपटक प्रिमियर लिग जित्न सफल भएको छ ।

The post सबैभन्दा धनाढ्य ५ फुटबल क्लब मालिकहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles