Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पीएफए भेट्रान कप टी–२० क्रिकेट प्रतियोगिता हुने

$
0
0
फाइल फोटो

कैलाली, ३० वैशाख । कैलालीको अत्तरियामा पीएफए भेट्रान कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

प्ले फर स्पोर्टस् क्लब अत्तरियाको आयोजना जेठ ५ देखि १५ गतेसम्म भेट्रान कप हुने भएको हो । प्रतियोगितामा धनगढी, महेन्द्रनगर, गुलरिया, टीकापुर, लालबोझी, डडेल्धुरा लगायतका ठाउँहरुबाट १६ वटा टिमको सहभगिता रहने क्लबका अध्यक्ष सन्तोष भट्टले जानकारी दिए ।

प्रतियोगिताका बिजेताले एक लाख ५१ हजार १११, उपबिजेताले ७५ हजार ५५५ रुपैया पुरस्कर प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र म्यान अफ द सिरिजले जनही नगद दश हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिताका खेल सँयोजक प्रेम अबस्थीले जानकारी दिए । २९ बर्ष भन्दा माथिका उमेर समूहका खेलाडीले मात्र प्रतियोगितामा सहभागीता जनाउने छन् ।

प्रतियोगिता अत्तरिया पूर्व रोडमा रहेको सशस्त्र प्रहरीको खेल मैदानमा हुने जनाइएको छ । केहि दिन अगाडि मात्रै सोही मैदानमा सर्वाधिक पुरस्कार राशीको अत्तरिया कप महिला क्रिकेट प्रतियोगिता सम्पन्न भएको थियो ।

The post पीएफए भेट्रान कप टी–२० क्रिकेट प्रतियोगिता हुने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles