काठमाडौं, ५ वैशाख । शनिबार किर्तिपुर मैदानमा भएको खेलमा नामिबियालाई ५ विकेटले पराजित गर्दै नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा विजयी सुरुवात गर्यो । आफ्नो पहिलो चार खेल गुमाएको नेपालले यससँगै पाचौँ खेलमा आएर अंक तालिकामा खाता खोलेको छ ।
सिंगो देश जितको खुसी मनाइरहेका बेला देशभरका मिडिया पनि यतिबेला क्रिकेटमय बनेका छन् । नेपालमा क्रिकेटको विषयमा यतिधेरै हल्लाखल्ला र चर्चा भइरहँदा नामिबियामा शनिबारको हारको कत्तिको प्रभाव छ, भनेर हामीले जान्न चाह्यौ ।
यसक्रममा गुगलमा ‘Daily News Papers of Namibia, Online News portal from Namibia, Cricket news of Namibia‘ भनेर सर्च गर्यौं । यसरी फरक-फरक कि-वर्डबाट सर्च गर्दा शीर्ष स्थानमा The Namibian, Namibian Sun, New Era, The Zambezian लगायतका चर्चित नामिबियन पत्रिकाका अनलाइन संस्करणहरु भेटिए ।
त्यसपछि वेवसाईट खोलेर स्पोर्ट्स सम्बन्धी सामग्रीहरु चेक गर्यौं । यसरी भेटिएकामध्ये अधिकांश वेबसाईटहरु नेपाल र नामिबियाको खेलबारे अनविज्ञ रहेको पाइयो । यतिमात्रै नभएर नामिबियन क्रिकेट टिमले पछिल्लो पटक खेलेको इन्टरकन्टिनेन्टल कपमा अफगानिस्तानसँगको खेलबारे पनि त्यहाँ कुनै अपडेट थिए ।
यद्यपी, दि नामिबियन मा भने नामिबियन क्रिकेटका पछिल्ला सबै अपडेट भेटियो । जसमा नेपालसँगको हारको समाचार पनि उपलब्ध छ । ‘Bowlers, Vesawkar give Nepal 5−wicket win‘ शीर्षकमा समाचार लेखिएको छ ।
समाचारमा वसन्त रेग्मी (3 for 40) र सरद भेषावकर (99−ball 50) ले नेपाललाई जिताएको लेखिएको छ । साथै कप्तान स्टिफन बार्डले किर्तिपुरमा ब्याटिङ रोजेपनि टप फाइभ ब्याट्सम्यान राम्रो स्कोर बनाउन असफल भएको उल्लेख छ । क्रेडिट दिएरै एक नेपाली अनलाइनको फोटो प्रयोग गरिएको समाचार म्याच समरीकै वरिपरी घुमेको छ ।
दक्षिण अफ्रिकी मुलुक तथा एसोसिएट क्रिकेटमा एक प्रभावशाली राष्ट्र हुनुका नाताले क्रिकेटको राम्रो क्रेज होला भन्ने अनुमान यी अनलाइनहरु नियालेपछि गलत सावित भयो ।
नामिबियाको अफिसियल ल्याङ्ग्वेज English नै रहेको विकिपिडियाबाट थाहा भएपछि हामीले अन्य लोकल भाषाका पत्रिकाहरुबारे भने खोज तलास गरेनौं ।
नेपाल र नामिबियाबीच दोस्रो खेल किर्तिपुरमै सोमबार हुनेछ ।
The post शनिबारको जितपछि सिंगो नेपाल झुमिरहेका बेला के लेखे नामिबियन पत्रिकाहरुले ? appeared first on Sajha Post.