Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

युरोपको प्रतिष्ठित लिग च्याम्पियन्स लिगबारे ५ रोचक तथ्यहरु

$
0
0

एजेन्सी, १२ जेठ । युरोपको प्रतिष्ठित खेल च्याम्पियन्स लिगको फ्यानहरु विश्वभर रहेका छन् । युरोपका चर्चीत क्लबहरु यस लिगको उपाधि जित्नुलाई सबैभन्दा ठुलो सफलता मान्छन् । युइएफए च्याम्पियन्स लिग सन् १९५५ मा सुरु गरिएको थियो तर यसको हाल चलिरहेको फम्र्याट भने १९९२ मा मात्र बनाइएको थियो ।

यसलाई ‘युरोपियन च्याम्पियन क्लब्स’ को रुपमा चिनिने गरिन्थ्यो ।

च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो टोली स्पेनिस क्लब रियल मड्रिड हो । सन् १९५५–५६ मा भएको उक्त प्रतियोगिता जित्दै रियलले विश्वभरकै बलियो क्लबको परिचय दिएको थियो । च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा धेरै च्याम्पियन्स लिगको उपाधि जित्ने क्लब रियल मड्रिड नै रहेको छ । रियल मड्रिडले हालसम्म ११ पटक च्याम्पियन्स लिग जितेको छः १९५५–५६, १९५७–५९, १९५९–६०, १९६५–६६, १९९७–९८, १९९९–२०००, २००१–०२, २०१३–१४, २०१५–१६ ।
च्याम्पियन्स लिगमा स्पेनिस क्लबहहरुले सबैभन्दा धेरै पटक च्याम्पिन्स लिगको उपाधि जित्न सफल रहेका छन् । स्पेनिस क्लबहरुले १६ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

जर्मनी क्लबहरुले ७ पटक, नेदरल्याण्ड क्लबले ६ पटक, पोर्चुगी क्लबले ४ पटक जितेका छन् । त्यस्तै फ्रान्स, स्कटल्याण्ड, रोमानिया, युगोस्लाभियाका क्लबले एकएक पटक उपाधि जितेका छन् ।

२२ टोलीले च्याम्पिन्स लिगको सबैभन्दा धेरै पटक फाइनलको यात्रा तय गरेका छन् । जम्मा दुईवटा टोलीले फाइनलमा धेरैपटक हारेका छन् । पोर्चुगलको क्लब बेनेफिका र इटालियन क्लब युभेन्टसले सबैभन्दा धेरै पटक फाइनलमा हारेका छन् । दुवै टोलीले दुई पटक च्याम्पियन्स लिग जितेका छन् भने युभेन्टसले ६ पटक र बेनेफिकाले पाँचपटक फाइनलमा हारेका छन् । ६ वटा फाइनल हारेको टोली च्याम्पियन्स लिगमा आभागि टोलीको रुपमा परिचीत रहेको छ ।

The post युरोपको प्रतिष्ठित लिग च्याम्पियन्स लिगबारे ५ रोचक तथ्यहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles