एजेन्सी, १४ जेठ । शनिबार राति भएको एफए कपको आर्सनलले जितेको छ । खेलको पहिलो मिनेटदेखि नै आक्रमक खेल खेलेको आर्सनलले लिग विजेता चल्सीलाई २-१ गोलले पराजित गर्दै एफए कप जितेको हो ।
आर्सनलका लागि एलेक्स सान्चेजले खेलको चौथो मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । चेल्सीलाई त्यतिखेर झट्का लाग्यो जब भिक्टर मोजेज रातो कार्ड खाँदै बाहिरिए ।
१० जनामा सिमित बनेको चेल्सीका लागि ७६औ मिनेटमा बराबरी गोल फर्काए ।
तर, ७९ औ मिनेटमा एरोन रामसेले गोल गर्दै आर्सनललाई अग्रता दिलाए भने अन्ततः आर्सनलले रामसेको गोलका कारण खेल जित्यो ।
The post आर्सनलले जित्यो ‘एफए कप’ appeared first on Sajha Post.