एजेन्सी, १४ जेठ । बार्सिलोनाले एलाभेसलाई ३ १ गोलले पराजित कोपा डेल रेको उपाधि जितेको छ । बार्साका लागि लियोनल मेस्सीले ३० औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
एलाभेसका लागि खेलको ३३ औ मिनेटमा थिओ हर्नानडेजले बराबरी गोल फर्काए । तर, दोस्रो हाफमा बार्सिलोना झन् आक्रामक देखियो । बार्साका लागि ४५ औ मिनेटमा नेइमारले गोल गरे ।
नेइमारको गोल भएको एक मिनेटभित्रै फ्रान्सिसको एलकासरले गोल गरे । ३ १ को अग्रता बनाएको बार्साको सामु एलाभेसको केही सिप लागेन । यो जितसँगै बार्सिलोनाले यस सिजन कोपा डेल रेको उपाधिमात्र जित्न सफल भएको छ ।
The post बार्सिलोनाले जित्यो ‘कोपा डेल रे’ appeared first on Sajha Post.