Quantcast
Viewing all articles
Browse latest Browse all 7991

प्रधानमन्त्री कप क्रिकेट : पश्चिमाञ्चल सेमिफाइनलमा

Image may be NSFW.
Clik here to view.

काठमाडौं, १८ जेठ । एक दिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा पश्चिमाञ्चलले लगातार दोस्रो जित हासिल गर्दै समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको हो ।

यसअघि बुधबार भएको खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई ९५ रनले पराजित गरेको थियो । त्यसअघि भएको समूह चरणको पहिलो खेलमा भने पश्चिमाञ्चल सशस्त्र प्रहरी बल (एपिएफ)सँग पराजित भएको थियो ।

मध्यपश्चिमले दिएको ६३ रनको लक्ष्यलाई पश्चिमाञ्चलले ११ दशमलव १ ओभरमा पूरा गर्‍यो । पश्चिमाञ्चलको जितमा अनिल गुरुङले २३, सौरभ खनालले २० तथा नुरध्वज सेनले १९ रनमा अविजित रहे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको मध्यपश्चिम २३ ओभरमा ६२ रनमै अलआउट भयो । उसका लागि कप्तान सुबेन्दु पाण्डे, राजवीर सिंह र अमरसिंह रौतेलाले समान १३/१३ रन जोडे ।

मध्यपश्चिमलाई सस्तैमा समेट्ने क्रममा पश्चिमाञ्चलका विपिन खत्री र लाल अधिकारीले समान ४/४ विकेट लिए भने कृष्ण कार्कीले २ विकेट लिए । रासस

The post प्रधानमन्त्री कप क्रिकेट : पश्चिमाञ्चल सेमिफाइनलमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles