एजेन्सी, २५ जेठ । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा स्पेन र कोलम्बियाले दुईदुई गोलको बराबरी खेल खेलेका छन् । स्पेनले डेबिड सिल्भाको गोलमार्फत अग्रता लिएको थियो ।
तर कोलम्बियाका लागि कारडोनाले ३९ औ मिनेटमा बराबरी गोल फर्काए । दोस्रो हाफको ५५ औ मिनेटमा राधाम फालकाओले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए । तर, स्पेनका लागि मोराटाले ८७ अाै मिनेटमा गोल गर्दै बराबरी गोल फर्काए ।
त्यस्तै गएराति भएको अर्को मैत्रीपुर्ण खेलमा इटालीले उरुग्वेलाई ३-० गोलले पराजित गरेको छ । इटालीका लागि इडर र रोशीले एकएक गोल गरे । उरुग्वेका खेलाडी जेमिनेजले आत्मघाती गोल गरेका थिए ।
The post स्पेन हार्नबाट जोगियो, इटालीको सानदार जित appeared first on Sajha Post.