एजेन्सी, २६ जेठ । बार्सिलोनाका स्टार लियोनल मेस्सीले क्रिस्टियानो रोनाल्डोको तारिफ गर्दै अदभुत खेलाडी भनेका छन् । यस सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग तथा ला लिगा उपाधि जिताउन मुख्य भुमिका खेलेको रोनाल्डोको मेस्सीले तारिफ गरेका हुन् ।
केही दिन अगाडि रोनाल्डोले पनि मेस्सीको तारिफ गरेका थिए ।
बितेको १० वर्षदेखि यी दुई खेलाडीबीच को उत्कष्ट खेलाडी हुन् भन्ने विवाद चलिआइरहेको छ । मेस्सीले पाँचपटक र रोनाल्डोले चारपटक सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका छन् ।
मेस्सीले भनेका छन्,’हामी दुवै फुटबलमा सफलता प्राप्त गर्न चाहन्छौ । बाहिर जस्तो सुकै हल्ला चले पनि हामीबीच कुनै विवाद छैन । रोनाल्डो गुणहरुले भरिएको अद्भुत खेलाडी हुन् । विश्वलाई पनि थाहा छ रोनाल्डोको सफलताको कहानी ।’
The post रोनाल्डोबारे यसो भन्छन् लियोनल मेस्सी appeared first on Sajha Post.