Image may be NSFW.
Clik here to view.
काएरो (इजिप्ट), २७ जेठ । इजिप्टको अदालतले आठजना फुटबल प्रशंसकलाई गैरकानुनी रुपमा विरोध कार्यक्रम गरी युवाहरुलाई दङ्गा मच्चाउन उत्तेजित गरेको अभियोगमा शनिबार दुई वर्षको जेल सजाय तोकेको छ ।
सन् २०१२ मा घोषणा गरिएको विरोध कार्यक्रममा सहभागी फुटबल प्रशंसक सुरक्षाकर्मीबीचको झडपमा ७२ जनाको दुःखद निधन भएको र इजिप्टको पहिलो दर्जाको फुटबल समूहका समर्थक दिर्घाका केही युवाका कारण सो दुःखद निधन भएको अल अहराम न्यूजको वेबसाइटमा जनाएको छ ।
उनीहरुलाई यही वर्षको फेब्रुअरीमा पक्राउ गरिएको थियो । सोही दङ्गासँग जोडिएको मुद्दामा यस पहिले १० जनालाई मृत्युदण्ड दिइएको थियो भने दर्जनौँ फुटबल प्रशंसकलाई १० देखि १५ वर्षको जेल सजाय तोकिएको थियो ।
The post किन दिइयाे इजिप्टका आठजना फुटबल प्रशंसकलाई दुई वर्ष जेल सजाय ? appeared first on Sajha Post.