Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नामिबियाद्वारा नेपालसामु २ सय ४० रनको चुनौती पेश

$
0
0

काठमाडौं, ६ वैशाख । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियासँगको दोस्रो खेलमा नेपालले जितका लागि २ सय ४० रनको लक्ष्य पाएको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाहुना टोलीले ९ विकेटको क्षतिमा २ सय ३९ रन जोड्यो ।

Nepal Vs Namibia 1

९५ रनको ओपनिङ साझेदारी २१औं ओभरमा युवा लेगस्पिनर सन्दिप लामिछानेले तोडे । यसक्रममा उनले कप्तान स्टेफन बार्डलाई व्यक्तिगत ५१ रनमा पबेलियन फर्काएका थिए । त्यसपछि लगातार दुई ब्याट्सम्यान रन आउट भए ।

बीचमा नेपालले म्याचमा कमब्याक गर्यो । नामिबियाले निरन्तर विकेट गुमायो भने रन रेट पनि कम भयो । तर, अन्तिम केही ओभर बर्गर र कोट्ज नेपाली बलरमाथि हावी हुँदा नामिबिया सम्मानजनक स्कोर बनाउन सफल भयो ।

नेपालका लागि सन्दिप लामिछाने, वसन्त रेग्मी र शक्ति गौचनले समान २ विकेट लिए ।

 

यसअघि पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो । प्रतियोगितामा ५-५ खेल खेलेका दुवै टोलीले १-१ खेलमात्रै जितेका छन् । आजको खेल जित्न सके नेपाल अंक तालिकाको पाचौं स्थानमा उक्लने छ ।

प्रतियोगितामा नेपालले यो सहित ९ खेल खेल्न बाँकी छ ।

लाईभ हेर्नका लागि

ICC World Cricket League Championship: Nepal v Namibia – Live !

The post नामिबियाद्वारा नेपालसामु २ सय ४० रनको चुनौती पेश appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles