Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पारसले सतक प्रहार गरेपछि नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जित

$
0
0

काठमाडौं, ६ वैशाख । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियासँगको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । २ सय ४० रनको विजयी लक्ष्य नेपालले १ बलअगाडि ७ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपाललाई रोमाञ्चक जित दिलाउने क्रममा कप्तान पारस खड्का र अनुभवी ब्याट्सम्यान सरद भेसवाकरले सानदार ब्याटिङ गरे । कप्तान पारस खड्काले सतक तथा अनुभवी ब्याट्सम्यान सरद भेसवाकरले अर्ध सतक प्रहार गरे ।

पारसले ९१ बलमा ७ छक्का र ५ चौकाको मद्दतमा सतक पूरा गरेका थिए । उनी ९४ रनमा १ सय ३ रन प्रहार गर्दै आउट भए । पारससँग १ सय ६७ रनको साझेदारी गरेका सरदले १०७ बलमा ७४ रन बनाए । अन्तिम ओभरमा ६ रन चाहिको अवस्थामा उनले विनिङ रन प्रहार गरेका थिए ।

Paras_Sharad

यसअघि निकै नै धिमा सुरुवात गरेको नेपाललाई चौधौँ ओभरमा दोस्रो झट्का लागेको थियो । उपकप्तान ज्ञानेन्द्र मल्ल २२ (४६) क्याच आउट भए । २४ रन जोडेको अवस्थामा नरेश बुढाएेर ६ (१९) आउट भएका थिए ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाहुना टोलीले ९ विकेटको क्षतिमा २ सय ३९ रन जोडेको थियो ।

९५ रनको ओपनिङ साझेदारी २१औं ओभरमा युवा लेगस्पिनर सन्दिप लामिछानेले तोडे । यसक्रममा उनले कप्तान स्टेफन बार्डलाई व्यक्तिगत ५१ रनमा पबेलियन फर्काएका थिए । त्यसपछि लगातार दुई ब्याट्सम्यान रन आउट भए ।

बीचमा नेपालले म्याचमा कमब्याक गर्यो । नामिबियाले निरन्तर विकेट गुमायो भने रन रेट पनि कम भयो । तर, अन्तिम केही ओभर बर्गर र कोट्ज नेपाली बलरमाथि हावी हुँदा नामिबिया सम्मानजनक स्कोर बनाउन सफल भयो ।

नेपालका लागि सन्दिप लामिछाने, वसन्त रेग्मी र शक्ति गौचनले समान २ विकेट लिए ।

यसअघि पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो । प्रतियोगितामा यो नेपालको दोस्रो जित हो । सुरुका ४ खेल गुमाएको नेपालले यो जितसँगै प्रतियोगितामा पुनरागमन गरेको छ ।

प्रतियोगितामा नेपालले अब ८ खेल खेल्न बाँकी छ ।

The post पारसले सतक प्रहार गरेपछि नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles