एजेन्सी । स्पेनको कर छली सम्बन्धि छानविन समितिले मंगलबार रियल म्याड्रिडका खेलाडी सबैभन्दा उत्कृष्ट एवम् विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विरुद्ध कर छलेको मुद्दा चलेको जानकारी दिएको छ । स्पेनी अधिकारीहरुले बताएअनुसार क्रिस्टियानोले १३ मिलियन डलर बराबरको कर छलेका हुन् । यस अघि बार्सिलोनाका चर्चित खेलाडी लियोनल मेस्सीलाई पनि यस्तो आरोप लागेको थियो ।
२०११ देखि २०१४ सम्मको १३ मिलियन डलर कर नतिरेका कारण उनी विरुद्ध मुद्दा हालिएको हो । स्पेनको कर एजेन्सीले हालैमा यो कुराको खुलासा गरेपनि रोनाल्डोले अहिलेसम्म यसबारे केहि बोलेका छैनन् ।
पोर्चुगलका चर्चित खेलाडी क्रिस्टियानोले २०१० देखि स्पेनी करदाता रहँदै आएका थिए । उनीविरुद्ध मुद्दा चलाइएको भएपनि जेल सजायबाट भने उनी बचेका छन् । स्पेनी कानुनका अनुसार अन्य अपराधमा संलग्न नभएका कारण २ वर्षसम्म उनले जेल सजाय भोग्नु पर्ने छैन । यस्तै प्रकरणमा ब्राजिलका खेलाडी नेमारलाई पनि कर परीक्षण गरिँदा उनी २०१३ मा सान्टोसबाट बार्सिलोनामा आउनु परेको थियो । त्यस्तै अर्का खेलाडी जेभियर मास्चेरानोले पनि करछलिकै कारण १२ महिने जेल सजाय भोगिसकेका छन् ।
The post मेस्सीलाई पछ्याउँदै रोनाल्डो पनि करछली प्रकरणमा appeared first on Sajha Post.