एजेन्सी । रियल मड्रिडका स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले स्पेन नै छाड्ने निर्णय गरेका छन् । पोर्चुगलको दैनिक पत्रिकाहरुका अनुसार उनले कन्फेडेरेसन कप सकिएपछि स्पेन छाड्ने योजना बनाएका छन्।
रियलमा लामो समय बिताएका रोनाल्डोलाई पछिल्लो समय कली छली गरेको आरोप लागेको छ । उक्त आरोेपको उनले खण्डन गरेका छन् । उनको यो निर्णयले कति क्लबहरु खुशी भएका छन् तर, रियललाई भने झट्का लागेको छ ।
यस सिजन रियललाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि जिताउन सफल रहेका रोनाल्डोलाई कर छलीको आरोप लागेपछि उनले स्पेन नै छोड्ने निर्णय गरेका हुन् । उनले यसबारे आफु केही बोल्न नचाहेको समेत बताएका छन् ।
उनलाई आफ्नो क्लबमा अनुबन्ध गर्न विश्वका धनी तथा चर्चित क्लबहरु लागि परेका छन् । चिनियाँ क्बलहरुले पनि उत्तिकै इच्छा व्यक्त गरेका छन् । ४ पटक बेलोन डि ओरको उपाधि समेत जितेका रोनाल्डोले कुन क्लबबाट फुटबल खेल्ने हुन् यो भने सबैको चासोको विषय बनेको छ ।
The post रोनाल्डोको भविष्य अब कुन क्लबमा ? appeared first on Sajha Post.