Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

सानिया मिर्जाले पाकिस्तानी टोलीलाई बधाई दिएपछि खनिए समर्थक

$
0
0

मुम्बई । च्याम्पियन्स ट्रफीमा आइतबार फाइनलमा भारतले पाकिस्तानसँग लज्जास्पद हारको सामना गर्‍यो । पाकिस्तानले पहिलोपटक १८० रनले सानदार जित दर्ता गर्‍यो । पाकिस्तानमा जितपछि खुशीयाली मनाइयो भने भारतका क्रिकेट समर्थकहरु आक्रोशित भए ।

त्यस्तै पाकिस्तानले जित्दा भारतीय टेनिस स्टार सानिया मिर्जाले सामाजिक सञ्जालमार्फत समर्थकद्वारा आलोचित हुनुपर्‍यो । च्याम्पियन्स ट्रफीमा पहिलो पटक पाकिस्तानले जितेकोमा सानियालाई बधाई दिएकी थिइन् । तर उनको छिमेकी देशप्रतिको सद्भाव क्रिकेटप्रेमीहरुलाई पचेन र आलोचित हुन पुगिन् ।

तर सानिया मिर्जाले निकै सन्तुलित ट्विट गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘क्रिकेटमा हार्‍यौं तर हक्कीमा हामीले जित्यौं ।’ उनले भारतीय हक्की टीमका लागि बधाई तथा पाकिस्तानी टीमलाई शुभकामना दिएकी थिइन् । त्यसपछि भारतीय समर्थक उनीमाथि खनिए ।

The post सानिया मिर्जाले पाकिस्तानी टोलीलाई बधाई दिएपछि खनिए समर्थक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles