Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पाकिस्तानले भारतलाई हराएपछि के लेखे कश्मीरका अखबारले ?

$
0
0

एजेन्सी । च्याम्पियन्स ट्रफीमा भारतले पाकिस्तानसँग लज्जास्पद हार बेहोर्‍यो । यस हारपछि भारतीय क्रिकेट समर्थकहरु आक्रोशित बने । कानपुर र दिल्लीमा धेरै टेलिभिजनहरु फुटाइयो पनि । तर हारको यस घडीमा कश्मीरलाई भारतबाट छुट्याउन चाहनेहरुले पनि पाकिस्तानको जितमा खुशीयाली मनाए । कश्मीरका स्थानीय अखबारले यस जितलाई विशेष मानेका छन् । त्यस्तै आज हामी तपाईलाई केही हेडलाइनहरु देखाउँदै छौं जसले पाकिस्तानको जितलाई विशेष रुपमा स्थान दिएका छन् ।

१.कश्मीर रिडर
श्रीनगर र त्यसको आसपासको इलाकालाई मध्यनजर गरेर प्रकाशन हुने कश्मीर रिडरले पाकिस्तानको जितलाई आधार मानेर लेख्यो कि पाकिस्तानको जितमा कश्मीरमा पनि खुशीको माहोल ।

२. कश्मीर इमेज्स
कश्मीर इमेज्सले आफ्नो खेलको पेजमा लेख्यो, ‘पाकिस्तान सामु भारतको लज्जास्पद हार ।’ उक्त पत्रिकाका अनुसार पाकिस्तानको शानदार बलिङका अगाडी भारतीय ब्याटम्यान पुरै असफल भयो ।

३. ग्रेटर कश्मीर
उता ग्रेटर कश्मीरले उमरको तस्बिरलाई विशेष प्राथमिकता दिएर पाकिस्तानले भारतलाई हरायो र जसले कश्मिरमा पनि खुशीयालीको माहोल बनेको लेखेको छ ।

The post पाकिस्तानले भारतलाई हराएपछि के लेखे कश्मीरका अखबारले ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles