एजेन्सी, ९ असार । कन्फेडेरेशन कपको समुह वि को खेलमा जर्मनी र चिलीले एकएक गोलको बराबरी खेल खेलेका छन् । विश्वकप विजेता जर्मनी र कोपा अमेरिका कप उपाधि जितेको चिलीबीचको खेल अत्यन्त रोमाञ्चक रहेको थियो ।
जर्मनीलाई खेलको सुरुवातमा नै चिलीले दबाब दियो । चिलीका लागि एलेक्सीस सान्चेजले खेलको छैटौ मिनेटमा गोल गर्दै अग्रता दिलाए । तर, पहिलो हाफको ४१ औ मिनेटमा लार्सले बराबरी गोल फर्काए ।
दोस्रो हाफमा पनि दुवै टोलीले एकअर्कालाई दबाबमा राखे । तर, गोल भने गर्न सकेनन् । दुई खेल खेलका यी टोलीहरुको अंक तालिकामा चार चार अंक रहेको छ ।
त्यस्तै अष्ट्रेलियाले पनि क्यामरुनसँग बराबरी एकएक गोलको बराबरी खेल खेलेको छ ।
The post कन्फेडेरेशन कप: हार्नबाट जोगियो जर्मनी appeared first on Sajha Post.