काठमाडौं, १० असार । इङ्ल्याण्डसँगको दोस्रो ट्वेन्टी–२० क्रिकेटमा दक्षिण अफ्रिका ३ रनले विजयी भएको छ । एक सय ७५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रनमै सिमित भएपछि दक्षिण अफ्रिकाले ३ रनको रोमाञ्चक जीत हात पारेको हो ।
इङ्ल्यान्डका ज्यासन रोयले ६७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । दक्षिण अफ्रिकाका क्रिस मोरिसले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले एभिडि भिल्लियर्सको ४६ र जेजे स्मुट्सको ४५ रनको मद्दतमा २० ओभरमा १ सय ७४ रन बनाएको थियो ।
यो जितसँगै तीन ट्वेन्टी–ट्वेन्टी शृङ्खलामा दक्षिण अफ्रिकाले १–१ को बराबरी गरेको छ ।
The post इङ्ल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको रोमाञ्चक जीत appeared first on Sajha Post.